गठबन्धनकातर्फबाट भरतपुरमा रेनु दाहालको मनोनयन

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट दाहालले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि पदबाट राजीनामा दिएकी थिइन् ।

२०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन् । भरतपुरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया