थप दुई रुसी जनरल युद्धमा मारिएको दाबी

काठमाडौं– युक्रेनी सेनाले थप दुई रुसी जनरल युद्धमा मारिएको दाबी गरेको छ।

युक्रेनले दक्षिणपूर्वी खेरसन क्षेत्रमा भएको युद्धका क्रममा दुवै जनरल मारिएको जनाएको छ।

रुसको ‘४९ जनरल आर्मी’ का तेस्रो जनरल पनि गम्भीर घाइते भएका छन्, साथै एक मोबाइल कमाण्ड सेन्टर पनि नष्ट भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ।

दोस्रो विश्वयुद्धपछिको अन्य द्वन्द्वमा भन्दा रुस र युक्रेनबीचको युद्धमा धेरै रुसी सेनापतिको मृत्यु भएको पश्चिमी विज्ञहरू बताउँछन्।

विज्ञहरूले यसलाई पूर्वतयारीको अभावको रूपमा हेर्छन्, जसका कारण उनीहरूले ज्यान गुमाउने ठाउँहरूमा वरिष्ठ अधिकारीहरू खटाउनु परेको छ।

यसअघि बेलायतको डिफेन्स इन्टेलिजेन्सले युक्रेनी सेनाले रुसविरुद्ध प्रतिकारात्मक हमला गर्न सफल भएको र त्यसले पूर्वी क्षेत्रमा रुसलाई असर गरिरहेको जनाएको थियो।

प्रतिक्रिया