समुद्रमुनी भेटियो ‘भूतहरुको शहर’

 

लण्डन । पुरातत्वविदहरुले इंगलिश च्यानलमा हराएको ८ हजार वर्ष पुरानो शहरको खोजी गरेका छन् । यी पुरातत्वविदहरुले यो शहरको नाम ‘घोस्ट सिटी’ अर्थात ‘भूतहरुको शहर’  राखेका छन् । 

इंगलीश च्यानल बेलायत र फ्रान्सको बिचको सामुद्रीक भाग हो । समुद्र मुनी यो पुरानो शहरका कयौं अवशेष पाइएका छन् । यो शहर त्यसबेला बसाइएको थियो, जब बेलायतको मुख्य भूमि बाँकी युरोपेली देशहरुसँग आपसमा जोडिएको थियो । 

इंगलिश च्यानल पहिलदेखि नै गोताखोरीका लागि कुख्यात मानिन्छ । यहाँको समुद्र आफ्नो विद्युतीय झटका, शक्तिशाली ज्वार र चिसो पानीबाट हरेक कदममा गोताखोरहरुको परिक्षा लिइरहन्छ । अनुभवहीन गोताखोरहरुका लागि यो ठाउँ बनेकै हैन । यसैले पुरातत्वविदहरुको टोलीले कयौं अनुभवी गोताखोरहरुका साथ समुद्र मुनी यो प्राचीन शहर खोजेका हुन् । यो पुरै क्षेत्रमा दोश्रो विश्वयुद्धको पालाका बेलायती र जर्मन नौसेनाका सयौं जहाज डुबेका छन्, जसका कुडाकर्कटले गोताखोरहरुलाई प्रायः झमेला खडा गरिरहन्छन् । 

नेशनल ज्योग्राफिकका अल्बर्ट लिनले आइल अफ वाइटभन्दा केही पर समुद्र मुनी यो प्राचीन शहर फेला पारेका हुन् । अल्बर्टका अनुसार यो साइट लगभग ८ हजार वर्ष पहिलेको हो, जब युके युरोपको मुख्य भूमिसँग जोडिएको थियो । कालान्तरमा वरिपरीको ग्लेशियर पग्लीन थाले र पानी तल्लो क्षेत्रमा भरिन थाल्यो, जसबाट यूरोपको बाँकी हिस्सा र युकेबिच एउटा च्यानल निर्माण गरिदियो । 

बताइए अनुसार इंगलिश च्यानको निर्माण अहिलेसम्मकै सबैभन्दा ठूलो सुनामीमध्ये कुनै एक सुनामीबाट भएको थियो । स्टोरगा स्लाइड्स नामक नर्वेमा भएको भुस्खलनले सुनामीको सुरुवात गरेको थियो ।

bhoot city 1

यसबाट नर्वेली ट्रेन्चमा चारैतिर जमीनले घेरीएको एउटा समुद्रले आफ्नो किनारा तोेडिदियो, जसबाट निस्कीएको पानीले प्राचीन बेलायतलाई  ध्वस्त पारिदियो । यो पानी बेलायको जमीन क्षेत्रमा करीब ४० किलोमिटर मुनीसम्म घुस्यो । दलदलको निर्माणपछि यो पुरै क्षेत्र समुद्रमा बदलीयो । यसबाट बेलायत यूरोपको मुख्य भूमिबाट अलग भएर एउटा टापु राष्ट्र बन्न पुग्यो । 

यो साइटको पहिचान पहिलो पटक त्यसबेला भयो, जब गोताखोरहरुले सन् १९९९ मा एक नियमित सर्वेक्षणका क्रममा एउटा झिंगे माछालाई आफ्नो गुँडको सफाइ गरिरहेको देखे । यो माछा आफ्नो गुँडबाट चम्कीला पत्थरका टुक्रा निकाल रहेको थियो । यसबाट पहिलो पटक के साबित भयो भने यो क्षेत्रमा कुनैबेला बस्ती हुनसक्छ । यद्यपी, त्यसबेला यसको आधिकारिक पुष्टि भएको थिएन । 

कालान्तरमा पुरातत्वविदहरुले समुद्र तलमा काठहरुलाई एउटा व्यवस्थित क्रममा राखिएको देखे । त्यसबाट के निश्कर्ष निकालियो भने यो क्षेत्र डुँगालाई खडा राख्न उपयोग गरिन्थ्यो होला । म्यारीटाइम अर्कोलोजिकल ट्रस्टले यी संरचना संग्रहीत गर्न अत्याधुनिक प्रविधिको प्रयोग ग¥यो । उनीहरुले काठको जगमा टिकेको काठबाटै निर्मित एउटा मंच पनि फेला पारे । 

सन् २०१९ को बृत्तचित्र ‘लास्ट सिटीज विद अल्बर्ट लिन’का लागि गोता लगाएका अल्बर्ट लिनले भने, ‘यहाँ कुनै प्रकारको संरचना छ । यो काठको तहजस्तो देखिन्छ । यस्तो लाग्छ कि मानौं हामी कुनै प्राचीन भूताहा शहरमा बसेका छौं, तर पानीभित्र । तपाइ यो रेखाबाट तल उत्रनासाथ अँध्यारोबाट प्राचीन अतित देखापर्छ ।’ 


 

प्रतिक्रिया