आठ वटा चोरीका स्कुटरसहित पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरीका आठ वटा स्कुटरसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले वैशाख ७ गते प्रहरी वृत्त स्वयम्भूबाटबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा एउटा स्कुटरसहित चोरीमा संलग्न अरुण नेपालीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुको गिरोहनै स्कुटर चोरीमा संलग्न पाइएको थियो ।

पक्राउ पर्नेमा नेपालीसहित धादिङ्गका प्रदीप नेपाली, काठमाडौंका रामसुन्दर मानन्धर, काभ्रेका विवेश लामा र दाङका सूर्य परियार छन् । उनीहरुको साथबाट आठ वटा स्कुटर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर धनीहरुलाई आवश्यक कागजातसहित प्रहरी वृत्त स्वयम्भूमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
 

प्रतिक्रिया