अल्लु अर्जुनले अस्वीकार गरे सूर्तीजन्य पदार्थको विज्ञापन

बेङ्गलुरु। दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनले २ करोड भारतीय रुपैयाँको एउटा विज्ञापनको प्रस्ताव अस्विकार गरेका छन्। उनले आफूले प्रयोग नगरेको वस्तुको विज्ञापन आफूले कसरी गर्ने भन्दै मोटो रकमको प्रस्ताव अस्विकार गरेका हुन्।

अल्लु अर्जुनलाई सूर्तीजन्य विज्ञापनका लागि प्रस्ताव आएको भारतीय मिडियामा उल्लेख छ। अल्लु अर्जुन सूर्तिजन्य पदार्थको सेवन गर्दैनन्। त्यसैले उनले कम्पनीको विज्ञापन नगर्ने फैसला सुनाएका हुन्। फिल्ममा एक्टिङका लागि उनले चुरोट पिएको नक्कल गरे पनि वास्तविक जीवनमा उनी पिउँदैनन्।

आफ्ना प्रसंसकहरू कुलतमा नफसुन् भन्नका लागि पनि अल्लुले यो निर्णय लिएको उनका साथीहरू बताउँछन्। बलिउडमा अजय देवगन, शाहरुख खान, अक्षय कुमार पान मसालाको विज्ञापनमा देखा परिसकेका छन्। यसका लागि उनीहरू ट्रोल पनि भएका छन्। 

यसअघि अमिताभ बच्चन पनि ट्रोल भएका थिए। उनले पछि विज्ञापन छोड्ने निर्णय गरेका थिए। 

प्रतिक्रिया