वार्ताका लागि नेपाल बारका अध्यक्षलाई प्रधानन्यायाधीश जबराको पत्र

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि पत्र पठाएका छन् । प्रधानन्यायाधीश जबराले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताका लागि पत्र पठाएका हुन् । आजसम्मको अल्टिमेटम अवधि सकिँदा पनि जबराले राजीनामा नदिएपछि आगामी आन्दोलनका कार्यक्रमबारे निर्णय गर्न बसेको बैठकमा अध्यक्ष श्रेष्ठले जबराले पत्र पठाएको जानकारी गराएका थिए ।

प्रधानन्यायाधीशले न्यायपालिकाका सबै सुधारका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै बार अध्यक्षलाई पायक पर्ने समयमा संवाद गर्न आउन आग्रह गरेका छन् । बैठकमा सल्लाहकार समितिका सदस्यहरूले नेपाल बारले प्रधानन्यायाधीशलाई निषेध गरिसकेको, विचौलिया र भ्रष्टका नाइके भनेर आरोप लगाइसकेको अवस्थामा वार्तामा जान नहुने बताएका थिए । ।सल्लाहकार समितिले आन्दोलनलाई अझ सशक्त बनाउन पनि बारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया