‘धमाका’ प्रश्न : पत्रकारमाथि विश्वास गर्न सकिन्छ ? 

 


कार्तिक आर्यनको चलचित्र ‘धमाका’ धेरै समयदेखि उनको एकदम अलग लुकका लागि चर्चामा थियो । ‘धमाका’मा चकलेटी केटो कार्तिक बिलकुल अलग भूमिका निर्वाह गरिरहेका छन् । पहिलो पटक कार्तिक एक पत्रकारको इन्टेन्स भूमिकामा छन् । अब यो चलचित्र अनलाइन रिलिज भइसकेको छ । 

चलचित्रको कथा एक न्यूज एंकर अर्जुन पाठक (कार्तिक आर्यन)को हो, जसलाई च्यानलबाट डिमोट गरेर रेडियो जकी बनाइन्छ । एक दिन रेडियो कार्यक्रमका क्रममा उनका सामु एकजना व्यक्तिको कल आउँछ । जसले गर्दा अर्जुनलाई आफ्नो पुरानो हैसियतमा फर्किने अवसर आउँछ । 

फोन कलमा एक व्यक्ति मुम्बइको बान्द्रा–वर्ली सीलिंकलाई बमले उडाउने धम्की दिन्छन् । अब अर्जुन सो कलकै माध्यमबाट आफ्नो लोकप्रियता बढाउँछन् या आफ्नो अन्तरआत्माको आवाज सुुनेर ति व्यक्तिलाई प्रहरीको फन्दामा पु¥याउने कोशीस गर्छन्, यही सस्पेन्समा चलचित्र घुमेको छ । 

यो चलचित्र दक्षिण कोरियाली चलचित्र ‘द टेरर लाइभ’को हिन्दी रिमेक हो । यो चलचित्र के मुद्दा उठाउँछ भने के एउटा पत्रकारमाथि विश्वास गर्न सकिन्छ ? पत्रकारको अन्तरआत्मा पनि हुन्छ या उ केवल टीआरपीको खेलमा आफ्नो कर्तब्य भूल्छ ? 

मिडियामाथि प्रायः एउटा उठाइने यही प्रश्न चलचित्र ‘धमाका’को मुख्य मुद्दा हो । चलचित्रमा एउटा पत्रकार अर्जुन कसरी सँकटमा आफ्नो कर्तब्य र सही कामका बारेमा पुनर्विचार गर्छ भन्ने देखाइएको छ । 

यो चलचित्र लकठाउनका क्रममा केवल ११ दिनमै छायांकन गरिएका हो । यो पूर्ण रुपमा कार्तिक आर्यनकै चलचित्र हो । यसको कथाले दर्शकलाई बाँधेर राखिरहन्छ, तर यसको पटकथा त्यति बलियो छैन । केही नाटकिय सँवाद पनि राखिएको छ । 

चलचित्रमा मिडियाकर्मीलाई एकढँगले नकारात्मक पात्रका रुपमा चित्रण गर्न खोजिएको छ । 

पत्रकारितालाई राज्यको चौथो अंग किन भनिन्छ भन्ने पनि चलचित्रमा स्पष्ट पार्न खोजिएको छ । राम माधवानीको निर्देशन पक्कै उत्तम छ । 

यो चलचित्र एक हिसाबले ‘वान म्यान शो’ हो, जसमा कार्तिक आर्यनलाई आफ्नो क्षमता देखाउने पुरा मौका मिलेको छ । र, यसमा उनी सफल भएका छन् । 

कार्तिकको अभिनय त्यति शसक्त नभए पनि उनले निकै मेहनत गरेको यसमा झल्कीन्छ । कार्तिकले के पनि साबित गरेका छन् भने एक चकलेटी ब्वायको भुमिकाबाहेक अरुमा पनि उनी कम छैनन् । कार्तिककी श्रीमतीका रुपमा मृणाल ठाकुरलाई क्षमता देखाउने खासै मौका मिलेन, तर कार्तिककी मालिककी रुपमा अमृता सुभाष पक्कै सुहाएकी छिन् । 

(नवभारत टाइम्समा रेणुका व्यवहारेको समीक्षाको अनुबादित साभार) 
 

प्रतिक्रिया