के सभामुख साँच्चै भ्रष्टाचार हटाउन चाहन्छन्?

 काठमाडौं। सभामुख अग्नीप्रसाद सापकोटाले स्थानीय निर्वाचन अघि नै सकेसम्म सबै प्रदेशमा पुग्न देशका कार्टुनिस्टहरुलाई झक्झक्याएका छन्। निर्वाचन अघि नै मतदाताले भ्रष्टाचार सम्बन्धी प्रशस्त जानकारी पाउन सकेभने आफ्नो प्रतिनिधि चुन्दा बिचार पुर्याउने छन् भन्ने सभामुख सापकोटाको बुझाई छ। 

cartoon-1-1920x1280भ्रष्ट व्यक्तिलाई निसाना साँधेर रचिएका कार्टुनहरुको सर्सर्ती अवलोकन गरेपछि सभामुख सापकोटाले राजनीति नै त्यसको मूल कारण भएको बताउन कुनै हिचकिचाहट गरेनन्। भ्रष्टाचारलाई पूर्ण रुपले निर्मूल नै गरिहाल्न नसकिए पनि नियन्त्रण गर्न ढिला भैसकेको उनको भनाई छ। आईतबार राजधानीमा प्रदर्शन सुरु भएको दिन ‘निसाना’ शीर्षकको कार्टुन प्रदर्शनीमा अधिकांश कार्टुन राजनीतिक  भ्रष्टाचारमै केन्द्रित थिए।

नेपाल कार्टुनिस्ट क्लवको नेतृत्वमा भैरहेको प्रदर्शनीलाई देशका मुख्य मुख्य शहरहरुमा पनि पुर्याईने क्लवका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिजले बताए।

Cartoon-1024x621प्रदर्शनमा राखिएका कार्टुन सबै प्रदेशमा स्थानीय निर्वाचन अघि नै पुर्याउन पाए हुन्थ्यो भनेर सभामुखले आयोजकलाई झक्झक्याए पनि तत्काल समय अभाव हुने उनीहरुको भनाई छ। 

cartooon-2-683x1024प्रतिनिधिसभाले भ्रस्टाचार नियन्त्रण गर्न अत्यावश्यक कानूनहरु बनाएर कडाईकासाथ कार्यान्वयनमा ल्याउन सरकारलाई प्रेरित गर्नुपर्ने भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सभामुखको ध्यानाकर्षण गराएका थिए। 

देशका ख्यातीप्राप्त देखि नवोदित गरी तीन दर्जन कार्टुनिस्टका भ्रष्टाचारमाथि लेखिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्।
 

प्रतिक्रिया