मारिउपोल शहर अब ‘अस्तित्व’मा छैन : युक्रेनी विदेशमन्त्री

काठमाडौं– युक्रेनी विदेशमन्त्रीले मारिउपोल शहर अब ‘अस्तित्व’मा नरहेको बताएका छन्।

दक्षिण-पूर्वी बन्दरगाह भएको यो महत्वपूर्ण शहरमा रुसले विगत दुई महिनादेखि आक्रमण गरिरहेको छ। अहिले यो शहर पूरै ध्वस्त भएको छ।

विदेशमन्त्री दिमित्रो कुलेबाले सीबीएस कार्यक्रम फेस अफ द नेसनमा भने,‘रूसी सेनाहरू कुनै पनि मूल्यमा शहर नष्ट गर्न कटिबद्ध छन्।’

अर्कोतर्फ युक्रेनी अधिकारीहरुले युक्रेनको हरेक शहरमा रुसी गोलाबारी र हवाई आक्रमण जारी रहेको बताएका छन्।

आइतबार युक्रेनी फौजले मारिउपोलमा रुसी फैजसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए। अधिकारीहरूले रुसले सोमबारदेखि मारिउपोल शहरमा प्रवेशमा प्रतिबन्ध लगाउने योजना बनाएको बताएका छन्।

खार्किभमा भएको गोलाबारीमा पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताइएको छ। ओडेसा बन्दरगाह नजिक रहेको माइकोलाइभका गभर्नरले लगातार हवाई आक्रमण भइरहेको बताएका छन्।

प्रतिक्रिया