युक्रेनको नागरिकलाई युएईमा १ वर्षको रेजिडेन्सी भिषा

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) ले युद्धग्रस्त युक्रेनी नागरिकको मानवीय सहायताको लागि ठूलो निर्णय गरेको छ। उसले युक्रेनी नागरिकलाई आफ्नो देशमा बसोबास गर्न एक वर्षको रेजिडेन्सी भिसा उपलब्ध गराउने जानकारी दिएको छ। 

युएईको विदेश मन्त्रालयले दुबईस्थित तसजील सेन्टरबाट एक वर्षको रेजिडेन्सी भिसा उपलब्ध गराउने बताएको हो। युएईमा रहेको युक्रेनी दूतावासले युएई सरकारले सन् २०१८ मा पारित गरेको एउटा प्रस्तावको आधारमा भिजा उपलब्ध गराउन लागेको बताएको छ। जुन प्रस्तावमा संकटग्रस्त देश र युद्ध क्षेत्रका नागरिकलाई एक वर्षका लागि आफ्नो देशमा बसोबास गर्न दिने भन्ने उल्लेख छ। 

यो प्रक्रियामा कागजी कुरा मिलाउन करिब ५ हजार नेपाली रुपैयाँ लाग्ने बताइएको छ। युएईले अहिलेसम्म युद्धरत युक्रेनलाई ३० लाख मेट्रिक टनको विभिन्न सहायता सामाग्री उपलब्ध गराइसकेको छ।

प्रतिक्रिया