किएभलाई पुनः आक्रमणको निशाना बनाउने रुसको चेतावनी

काठमाडौं– युक्रेनले आफ्नो भू–क्षेत्रमा कुनै पनि प्रकारले आक्रमण गरे राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने रुसले चेतावनी दिएको छ।

रुसले क्लीमोभोमा बिहीबार युक्रेनले दुई हेलिकप्टरमार्फत् बम खसालेको आरोप लगाएका छ। सो घटनामा ८ जना घाइते भएको रुसको दाबी छ।

तर, युक्रेनले भने आफूले आक्रमण नगरेको बताउँदै आएको छ। युक्रेन विरोधी भावना फैलाउनका लागि रुसले आक्रमण गरेको आरोप आफूहरुमाथि लगाएको युक्रेनी अधिकारीको भनाइ छ।

त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल प्रहार गरेको थियो।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले आफूहरुले युक्रेनीको एन्टी–एयरक्राफ्ट र एन्टी–सिप मिसाइल प्रणालीको उत्पादन तथा मर्मत गर्ने सैन्य उद्योगमालाई निशाना बनाएको बताएका छन्।

उनले किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी दिएका छन्।


 

प्रतिक्रिया