दिल्लीमा कोरोना संक्रमण बढ्दो, स्कुलमा नयाँ नियम लागु हुने सम्भावना

नयाँदिल्ली। भारतीय राजधानी नयाँदिल्लीमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। यसबाट चिन्तित राज्य सरकारले कोभिड संक्रमित फेला परेको स्कुललाई अस्थायी रूपमा बन्द गर्न निर्देशन दिने भएको छ। 

शुक्रबार केजरीवाल सरकारका उप–मुख्यमन्त्री मनिष सिसोदियाले सबै स्कुलहरूलाई निर्देशन दिँदै भनेका छन्, ‘विशिष्ट क्षेत्र वा कक्षा, जहाँ कोभिड संक्रमित फेला परेका छन्, त्यसलाई अस्थायी रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’

राज्य सरकारले अहिलेको अवस्थाको विश्लेषणका लागि २० अप्रिलमा बैठक बोलाएको छ। सरकारले बढ्दो कोरोना संक्रमणका कारण मास्क अनिवार्य गरेको छ। दिल्लीमा बिहीबार कोरोनाको ३ सय २५ संक्रमित अस्पताल भर्ना भएका थिए। स्वास्थ्य विभागका अनुसार दिल्लीमा संक्रमणको संख्या २ दशमलव ३९ प्रतिशतले बढेर गएको छ।

प्रतिक्रिया