जेलेन्स्कीसँग भेट गर्न उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने अमेरिकाको तयारी

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने विचार गरिरहेको बताएका छन्। त्यो उच्च अधिकारी वाइडेन आफैं पनि हुन सक्छन्।

अमेरिकी राष्ट्रपति वाइडेनलाई युक्रेन भ्रमणबारे प्रश्न सोधिएको थियो। यसबारे उनले भने, ‘हामीले यो निर्णय लिइरहेका छौं।’ आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले भने,‘हुन्छ’।

राष्ट्रपति वाइडेनको उक्त भनाइपछि ह्वाइट हाउसका एक अधिकारीले फक्स न्यूजसँग भने,‘अमेरिकी राष्ट्रपतिलाई युक्रेन पठाउने कुनै योजना छैन।’

रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनको छिमेकी मुलुक पोल्याण्डको भ्रमणमा रहेका जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले रुसको भ्रमण गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केन या रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गर्ने सम्भावना छ।

धेरै युरोपेली नेताहरूले राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि गत हप्ता युक्रेनको भ्रमण गरेका थिए।

प्रतिक्रिया