युक्रेनलाई थप ८ सय मिलियन डलर बराबरको सैन्य सहायता प्रदान गर्दै अमेरिका

काठमाडौं– पूर्वी युक्रेनमा रुसी आक्रमणविरूद्ध प्रतिरक्षालाई बलियो बनाउन थप ८ सय मिलियन डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन्।

प्याकेजमा आर्टिलरी प्रणाली, आर्टिलरी राउन्ड, सशस्त्र कर्मचारी वाहक र हेलिकोप्टरहरू समावेश हुने बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बुधबार टेलिफोनपछि एक विज्ञप्तिमा जारी गर्दै उनले उक्त जानकारी दिएका हुन्।

‘सहायताको यो नयाँ प्याकेजमा हामीले पहिले नै उपलब्ध गराइसकेका धेरै प्रभावकारी हतियार प्रणालीहरू प्रदान गर्न लागिएको हो,’ उनले भने,‘संयुक्त राज्य अमेरिका र यसका सहयोगी साझेदारहरूले युक्रेनलाई उपलब्ध गराएको हतियारको स्थिर आपूर्ति रूसी आक्रमणविरुद्धको लडाइँलाई निरन्तरता दिन महत्वपूर्ण भएको छ।’

आक्रमणबाट हजारौं जनता मारिएको र लाखौं विस्थापित भएको भन्दै जेलेन्स्कीले रुसविरुद्ध लड्न भारी हतियार र उपकरणहरू उपलब्ध गराउन अमेरिकी र युरोपेली नेताहरूसँग आग्रह गर्दै आएका छन्।

गत फेब्रुअरी २४ मा रुसी सेनाले आक्रमण गरेपछि युक्रेनमा अमेरिकी सहायता कुल २.४ बिलियन डलरभन्दा बढी पुगेको छ।

प्रतिक्रिया