रुसी समर्थक राजनीतिज्ञ मेदवेदचुक पक्राउ

काठमाडौं– युक्रेनी सेनाले चर्चित रुसी समर्थक राजनीतिज्ञ भिक्टर मेदवेदचुकलाई पक्राउ गरेको दाबी गरेको छ।

विपक्षी नेता मेदवेदचुक देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए। तर, रुस सेना युक्रेनमा प्रवेश गरेपछि उनी भागेका थिए।

मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छ।

रुसले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे मेदवेदचुकलाई रिहा गर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

युक्रेनी सरकारले मेदवेदचुकलाई सैन्य वर्दीमा हातकडी लगाएको फोटो पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया