आठ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो ।

 बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाट रहेका छन् । 

प्रतिक्रिया