युक्रेनको अर्थतन्त्र यस वर्ष ४५ प्रतिशतले संकुचित हुने अनुमान

काठमाडौं– विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्र यस वर्ष ४५ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ।

विश्व बैंकले युक्रेनको अर्थतन्त्रमा यो युद्धको नकारात्मक प्रभाव कोरोना महामारीका बेला पूर्वी युरोप र मध्य एसियामा देखिएको प्रभावभन्दा बढी हुने बताएको छ।

विश्व बैंकका अनुसार एकपछि अर्को गर्दै विभिन्न प्रतिबन्धले रुसी अर्थतन्त्रलाई पनि सुस्त बनाउने छ।

युद्धका कारण युक्रेनका अधिकांश जनता देश छोड्न वा फेरि लड्न बाध्य छन्।

व्यापारहरू बन्द भएका छन् र सडक, कारखाना र अन्य प्रमुख भवनहरू आक्रमणबाट ध्वस्त भएका छन्। विश्व बैंकले युक्रेन युद्धका कारण धेरै वर्ष पछाडि गएको बताएको छ।

युक्रेन सूर्यमुखी र गहुँको प्रमुख उत्पादक हो, तर निर्यातमा रोक लगाउँदा विश्वभर यसको मूल्य बढेको छ र युक्रेनको महत्वपूर्ण आम्दानीको स्रोत पनि बन्द भएको छ।

विश्व बैंकले रुसमाथिको प्रतिबन्धको अर्थ यस वर्षको अर्थतन्त्र ११ प्रतिशतले संकुचित हुने बताएको छ।
 

प्रतिक्रिया