किएभमा रहेको आफ्नो दूतावास पुनः खोल्दै ईयु

काठमाडौं– युरोपेली संघ (ईयु)ले युक्रेनको राजधानी किएभमा आफ्नो दूतावास पुनः खोल्ने भएको छ। यसअघि रुसको आक्रमणका कारण पोल्याण्डमा सारिएको थियो।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन्।

युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलसँगको वार्तापछि बुरेलले भने,‘उनीहरू अर्को ईयू–युक्रेन एसोसिएसन काउन्सिलको गठनको तयारीका साथ अगाडि बढ्न सहमत भएका छन्।’

युक्रेनमा ईयु प्रतिनिधिमण्डलका प्रमुख म्याटी मासिकास पनि किएभमा रहेको ईयुको झण्डाको तस्वीर पोस्ट गर्दै कूटनीतिक नियोगको फिर्ता हुने संकेत गरेको बताउँछन्।

इटालीले पनि इस्टर सकिएपछि किएभमा आफ्नो दूतावास खोल्ने तयारी गरिरहेको छ। शनिबार इटालीको न्यूज सर्भिस एन्साले विदेशमन्त्री लुइगी मायोलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

प्रतिक्रिया