पूर्व जानकारी बिना नै युक्रेन छिरे बेलायती प्रधानमन्त्री जोन्सन

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युद्धग्रस्त युक्रेनको भ्रमण गरेका छन्। युक्रेनी नागरिकलाई आफ्नो ऐक्यबद्धा देखाउनका लागि प्रधानमन्त्री जोन्सनले भ्रमण गरेका हुन्।

जोन्सन पूर्व जानकारी बिना नै युक्रेन पुगेका हुन्। त्यसक्रममा उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन्। दुई नेताबीच राजधानी किएभमा भेटवार्ता भएको जेलेन्स्कीको कार्यालयले जनाएको छ।

भेटका क्रममा जोन्सनले युक्रेनलाई १२० सैन्य सवारी तथा एन्टी–मिसाइल प्रमाणाली दिने बचन दिएका छन्।

रुसले गरिरहेको आक्रमणको क्रममा बेलायतले युक्रेनलाई दिएको साथ र समर्थनका लागि जेलेन्स्कीले धन्यबाद दिएका छन्।

बेलायतस्थित युक्रेनी दूतावासले किएभमा दुई नेताबीच भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको छ।

बैठकपछि जारी गरेको वक्तव्यमा जोन्सनले जेलेन्स्कीको नेतृत्व र युक्रेनी नागरिकको असाधारण बहादुरीको प्रशंसा गरेका छन्। बेलायत युक्रेनका साथमा रहेको आफूले जेलेन्स्कीलाई बताएको जोन्सनले बताएका छन्।

प्रतिक्रिया