‘वैशाख र जेठमा अनपेक्षित घटनाको सम्भावना’

यहाँ राखिएको बर्षलग्न कुण्डली अनुसार बिक्रम सम्वत् २०७९ सालमा नेपालको अवस्था यस्तो रहने छ। ज्योतिष शास्त्रले यही अवस्था देखाएको छ। ज्योतिषी उदय निरौलाले विश्लेषण गरेको यो विवरण हेरौं–

(यो जातकको चिञ्हा हेर्ने ज्योतिष भन्दा फरक हो, यसलाई संहिता सिद्धान्त भनिन्छ। हाम्रा देशका दुई रचार बिद्वान ज्योतिष जस्तो अधिकारी गुरू, पन्तजी र धेरै बिद्वान रघु ढुँगेल  बाहेक अरूलाई केवल ब्यक्तिको चिन्हा गन्ने बाहेक दृक प्रणालीबारे थाहा नै छैन। यसमा खगोलको पुरै ज्ञान, बिन्दुहरू र ज्यामितीय, ट्रिगोनोमेट्री एवम् मेटा फिजिक्स लगायत जोग्राफी अनि क्यामेस्ट्रीको पनि थोर बहुत गणित र असरका बिषयमा ज्ञान हुनुपर्छ। चिन्हा हेरे जस्तो फलित होइन यो अलि धेरै बिश्लेषणात्मक क्षमता र रेजहरूअनि उत्पन्न हुने तरँग र परिणाम जान्न आवश्यक छ। गोचर ग्रहको गति अवस्था अष्टकबर्ग, सँहिता, १४४ कुण्डलीको ज्ञान एवं तात्कालिक षोडषबर्गमा ग्रहको अवस्था बक्री मार्गी अस्त, खल धुमकेतु र उल्का पिण्डहरूको गति युतिबारे पनि ज्ञान हुनुपर्छ। भनेजस्तो जातकको चिन्हा पल्टाएर फलित मनमुलक गरेजस्तो होइन।)

Udaya

नेपाल राज्यको मालिक यस बर्षको शुक्र ग्रह हुन्। जो दशमभाव शनिको घरमा बिराजमान छन्। मंगल र शनिसँग युुति गरिरहेका छन्। शनि कर्म र भाग्यका मालिक कालपुरुषको कुण्डलीमा कर्म र लाभका मालिक तत्कालीन मित्र मंगल एवं नैशर्गिक शत्रु मंगल सप्मेस एवं ब्ययेश छन् मंगल।

दुर्गभाव र खासगरि दक्षिण दिशाका कारक मंगल भएकाले जतिसुकै दक्षिणी मुलुकलाई शत्रु ठाने पनि तत्कालीन मित्रहरूका साथ भएकोले भारत दक्षिणी देश भएकोले अन्ततः ऊ मित्र नै रहन्छ।

यद्यपि हाम्रो हेराइ नैसर्गिक शत्रु मंगल परेको कारण हामी शत्रु ठानिदिन्छौं। यद्यपि ऊ बाट सहयोग नै रहनेछ। 

१. देशको कमजोर अर्थब्यबस्था दोस्रो भावको मालिक बुध खर्च भावमा रहनु राहु साथ रहनु उत्तरको मालिक हुनुको कारण उत्तर छिमेकीका कारण अझ देशको अर्थ ब्यवस्था कमजोर नबन्ला भन्न सकिन्न। बुध कुटनैतिक ग्रह भएकोले कुटनैतिक तरिकाले उसलाई अलि डिस्टेन्समा राखेर मित्रवत् हिसाबले अघि बढ्नु बुद्धिमानी हुनेछ। आन्द्रा भुँडी दिएमा देशलाई उत्तरी मुलुकले डुबाइदिनेछ। 

२. कुटनैतिक भावको कारक ग्रह एवं प्रेमभावको मालिक समेत बुध, सो भावबाट अष्टमस्थ हुनाले उत्तरी दुर्गको मालिक देशले यो हाम्रो देशको प्रेमभाव र कुटनैतिक भावलाई मान्ने छैन।

३. राज्यको केन्द्र भावमा मंगल आगो भएको कारण सदैव उत्तरसँग सचेत रहनु देशको लागि खतरामुक्त हुने उपाय हो। 

४. नेपाली जीवन उकास्न पश्चिम, आग्नेयदिशाका देशहरू सहायक रहनेछन्।

५. मंगल दक्षिण दिशाको मालिक कर्मभावमा बिराजमान हुनुले दक्षिणी  मुलुक हाम्रो राज्यको मालिककासँग रहनुले पुरै हावि नै हुनेछ तर  तत्कालीन मैत्री  भएकोले नोक्सान छैन। 

६. मुलुकमा कुनै कारणले यो भइरहेको ब्यवस्थापनलाई जनता भावको मालिक सूर्य बलियो हुनाले जनताले बदल्न सक्ने संभावना ९९ प्रतिशत छ। यो गणतन्त्र प्रति जनता जाईलाग्ने र फालिदिने अवस्था नआउला भन्ने ठाउँ ग्रह मध्येका राजा सूर्य इच्छाशक्ति भावमा धर्मका कारक गुरूका साथ रहनुले बलियो देखियो। 

७. वैशाख र जेठ भित्र केही न केही दुर्घटना नहोला भन्न सकिन्न।

आउने माघसम्म टिकाउन, टिक्न सकेमा देशले उप्रान्त कोल्टे फेर्नेछ। जनताले दुःख पाउने अवस्था २०७९ माघ मसान्तसम्म मात्र  हो। उप्रान्त सुधार हुँदै जानेछ।
 

प्रतिक्रिया