५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानिलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको सकुसल उद्दार गरेको छ । सोमबार सिन्धुपाल्चोक तातोपानी घर बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोकस्थित हरि श्रेष्ठको घरको इनारमा खसेकी ४५ वर्षकी पेमा शेर्पालाई प्रहरीले इनारबाट सकुसल उद्दार गरेको हो ।

शेर्पा हराइरहेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलीले खोज तलास गर्ने क्रममा सोमबार साँझ ६ः५५ बजे श्रेष्ठको घरमा रहेको इनारमा अचेत अवस्थामा फेला पारेको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालय विपद व्यबस्थापन महाशाखा सामाखुशीबाट १० जनाको प्रहरी टोली गरी जम्मा १७ जनाको प्रहरी टोलीले घटनास्थलबाट अन्दाजी ५० फिट गहिरो इनारमा खसेकी महिलाको ६ः३५ बजेको समयमा उद्दार गरेको प्रहरीले जनाएको छ । उद्दारपछि उनको बूढानीलकण्ठ नगरपालिकास्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । घटनाको सम्बन्घमा थप अनुसन्धान भइरहेकोको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया