बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा सन्तानकी आमा भएकी छिन्

प्रीति जिन्टाले आमा बन्न अपनाएको ‘सेरोगेसी’ विधि के हो ? 


काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा सन्तानकी आमा भएकी छिन् । यसले भारतमा सेरोगेसीको क्रम बढदै गएको संकेत गर्छ । 

सामाजिक संजालमा आफ्ना नवजात सन्तानको नामसमेत  घोषणा गर्दै प्रीतिले ‘सरोगेट मदर’लाई पनि धन्यबाद दिएकी छिन् । 

आफ्नो इन्स्टाग्राम ह्यान्डलमा पतिसँगको फोटोसहित लेखेकी छिन्, ‘आज म तपाइहरु सबैसँग हाम्रो अम्याजिङ खबर शेयर गर्न चाहन्छु । म र जीन (पति) निकै खुसी छौं । हाम्रो हृदयमा धेरै प्रेम र कृतज्ञता भरिएको छ । यो क्षण हामी हाम्रो परिवारमा जुम्ल्याहा बच्चा जय गुडइनफ र जिया गुडइनफलाई स्वागत गर्दछौं । सबै चिकित्सक र सरोगेट मदरलाई पनि धन्याद, जो हाम्रो यो अविश्वसनीय यात्राका सहयात्री बने, धेरै धेरे माया ।’

प्रीतीको यो पोस्ट शेयर हुनासाथ भाइरल भएको छ । उनीप्रति स्नेह वर्षाउनेको ताँती लागेको छ । 
अभिनेत्री प्रीतीले सन् २०१६, फरवरी २९ मा जीन गुडइनफसँग अमेरिकाको लस एन्जलसमा विवाह गरेकी थिइन् । विवाहपछि उनी उतै बस्न थालिन् ।

 

के हो सेरोगेसी ? 

सरोगेट मदर अर्थात भाडाको कोख । यो निसन्तान दम्पती र एक महिलाबिचको यस्तो गोप्य सम्झौता हो, जसमा कुनै महिलाले अरु कसैलाई सन्तान सुख दिन गर्भ धारणा गरिदिन्छीन् । अर्थात अन्य कुनै दम्पतीको बच्चा आफ्नो कोखबाट जन्माउन जुन महिला तयार हुन्छीन्, उनैलाई सेरोगेट मदर भनिन्छ । 

प्रीतीले यही तरिकाबाट जुम्ल्याहा जन्माएकी हुन्, जसलाई सेरोगेसी भनिन्छ । सेरोगेसी दुइ प्रकारको हुन्छ । एउटा त पुरुषको शुक्राणु कुनै अन्य महिलाको डिम्बाणुसँग निशेचन गरिन्छ । यसबाट जन्मीने बच्चामा वंशाणुगत सम्बन्ध केवल पिताको मात्र हुन्छ । 

अर्को पति–पत्नीको शुक्राणु र डिम्बाणुलाई एउटा टेस्टटयूबमा राखेर मिलाइन्छ र उत्पन्न भ्रुणलाई कुनै सेरोगेट मदरको पाठेघरमा प्रत्यारोपित गरेर हुकाईन्छ र जन्माइन्छ । यसरी हुने सेरोगेसीबाट जन्मिने बच्चामा चाहिँ वंशाणुगत सम्बन्ध माता दुबैको हुन्छ । 
विदेशमा कुनै नायिका, मोडल या महिला खेलाडिले आफ्नो फिगर बिग्रन नदिन सेरोगेसी प्रकृया अपनाउने गरेको पाइन्छ । सन्तानको चाहना भएका तर, बच्चा जन्माउँदा फिगर बिग्रने सुर्ता राख्नेहरु यो विधि अपनाउँछन् । 

नेपाल र भारतमा निसन्तान दम्पतीले अरु कसैको बच्चा धर्म पुत्र या पुत्रीका रुपमा ग्रहण गर्ने परम्परा छ । त्यसैले सेरोगेसी पाश्चात्य संस्कति हो, जुन अचेल पश्चिमबाट पूर्वमा पनि सरेको छ । 
अचेल कतिपय महिला आय आर्जनका लागि पनि सेरोगेट मदर बनिरहेका छन् । भारतमा यस्तो नहोस् भन्नका लागि सेरोगेसी रेगुलेशन बिधेयक २०१६ ल्याइएको छ, जसले सेरोगेसीलाई नै पेशा बनाउने प्रवृत्तिमाथि रोक लगाएको छ, तर कसैलाई सहयोगका हिसाबले चाहिं सेरोगेसी वैध छ । 


शाहरुख र अमिर खान पनि 

256510774_271855288223894_763274823293580070_n
सेरोगेसी विधि अपनाउने कलाकार प्रीति जिन्टा एक्ली हैनन् । यसअघि अभिनेता तुषार कपुर पनि यही प्रकृयाको हसारामा एक छोराको बाबु बनेका थिए । उनको छोराको नाम लक्ष्य हो । 

यसैगरी अभिनेता अमिर खान पनि सेरोगेसीबाटै पिता बनेका थिए । अमिर र उनकी पत्नी किरण रावले सन् २०१६ मा सरोगेसीबाटै अभिभावक बनेका थिए । 

अभिनेता शाहरुख खान र गौरी खानका छोरा अबरामको जन्म पनि सन् २०१३ मा सरोगेसीबाटै भएको हो । शाहरुख र गौरीका पहिले नै दुइ बच्चा आर्यन र सुहाना छन् । आर्यन हालै लागू औषधि दुव्र्यशन मुद्दामा पक्राउ परी जमानतमा रिहा भएका छन् । 

बलिउड फिल्ममेकर करण जौहर पनि जुम्ल्याहा बच्चाका पिता हुन्, जसको जन्म सेरोगेसीबाटै भएको हो । उनका छोरा यश र छोरी रुहीको जन्म पनि ‘भाडाको कोख’बाटै भएको हो । 

प्रतिक्रिया