क्यानडाका ७ फिट ५ इन्ची अग्ला किशोर, जसका कारण परिवारले घर फेर्नु पर्यो 

क्यानडाका एक किशोर युवा हिजोआज निकै चर्चामा छन्। उनी अन्य कारणले नभई आफ्नो बढ्दो उचाइँका कारण चर्चित बनेका हुन्। ओलिभियर रियोक्स नाम गरेका यी किशोर युवाको उचाइँ ७ फिट ५ इन्ची छ। ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ अनुसार उनी विश्वको सबैभन्दा अग्ला किशोर हुन्।
  
rioux1जन्मिदा उनी ७ दशमलव ५ पाउण्डका थिए। तर, जन्मिएको एक महिनाभित्र उनको तौल बढेर ८ दशमलव ६ पाउण्ड भएको थियो। गत शनिबार गिनिज बुकले उनको नाम विश्वको सबैभन्दा अग्लो किशोरको रूपमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनी भाइरल भएका छन्। उनको भिडियो हालसम्म ७ लाख ५० हजारले हेरिसकेका छन्। भिडियोमा उनी घरभित्र प्रवेश गर्दा ढोकामा निहुरिएको देखाइएको थियो।  

रियोक्सले गत सेप्टेम्बरमा १५ वर्ष पुरा गरेका थिए। उनी बास्केटबलका सौखिन खेलाडी हुन्। उनको परिवारका अन्य सदस्य पनि अग्ला छन्। रियोक्सको आमाको उचाइँ ६ फिट २ इन्ची छ। उनको बुवा पनि ६ फिट ८ इन्ची अग्ला छन्। 

riouxएक रिपोर्ट अनुसार रियोक्सलाई २० नम्बरको जुत्ता आवश्यक पर्ने गर्छ। सानोदेखि नै रियोक्स अग्ला थिए, त्यसैले अन्य व्यक्तिहरू उनीसँग फोटो खिचाउन मन पराउँथे। छोरोको बढ्दो अग्लोपनाका कारण आमा–बुवाले घर फेर्नु परेको थियो। चिकित्सकले उनको उचाइँ ६ फिट ५ इन्चीसम्म हुने भविष्यवाणी गरेका थिए। तर, उनी ७ फिटभन्दा बढी तन्किसकेका छन्। यसले गर्दा घरको छतको लम्बाई पनि बढाउनु परेको छ। 

रियोक्सभन्दा पहिले यो कीर्तिमान चीनका रेन कियुको नाममा थियो। उनको लम्बाई ७ फिट ३ इन्ची थियो। 


 

प्रतिक्रिया