त्रिवि दलित युनियनद्वारा विष्णुमाया परियारको सम्मान 

काठमाडौं । सामाजिक अभियन्ता, मानवअधिकार, घरेलु हिंसा र दलित अधिकारको बारेमा राष्ट्रिय योगदान र अन्तराष्ट्रिय छवि भएकी डा. विष्णुमाया परियारलाई नेपाल आएको मौका पारेर त्रिवि दलित युनियनले सम्मान गरेको छ ।

दलित विद्यार्थी युनियन त्रिविको आयोजनमा त्रिवि परिसरमा भएको कार्यक्रममा परियारलाई सम्मान गरिएको हो । कार्यक्रममा कर्णाली प्रदेशका सांसद दान सिंह परियार र ‘आत्मसम्मान, मर्यादा,समता अनि सभ्यता  सबैको बराबरी’ अभियानकर्मी  संजिव कार्कीले परियारलाई सम्मान गरेका थिए ।

प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डाक्टर लिसा राइट ओफ्नरद्वारा लिखित ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डा. विष्णुमाया परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरेको छ । दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ । जसमध्ये ५९१–५९४ बीच चार पृष्ठमा डा. विष्णुमायाको जीवनी छ जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ ।

कार्यक्रमका मीमबहादुर परियार र सांसद परियारले विष्णुमायाको जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे । सम्मानित व्यक्तित्व विष्णु मायाको संघर्ष दुःख र सफलताको कहानी सुन्दा दर्शकदीर्घामा दुःख र हर्षको आँशु छचल्किएको थियो । 
 

प्रतिक्रिया