युक्रेनको पोल्टावा क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण

काठमाडौं– रुसीले युक्रेनको मध्य पोल्टावा क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ। ओडेसाको प्रमुख बन्दरगाह सहर नजिकै रहेको यस केन्द्र गरिएको आक्रमणबाट महत्त्वपूर्ण संरचनमा क्षति पुगेको बताइएको छ।

युक्रेनी राजधानी किएभको दक्षिणपूर्वमा रहेको यो केन्द्र एक मात्र पूर्ण रूपमा काम गर्ने तेल रिफाइनरी थियो। पोल्टाभा क्षेत्रका गभर्नर दिमिट्रो लुनिनले टेलिभिजनमा शनिबार रकेट आक्रमणमा रिफाइनरी ध्वस्त भएको जानकारी दिएका हुन्।

उनले भने, ‘रिफाइनरीमा लागेको आगो निभाइसकेको छ तर महत्त्वपूर्ण संरचना पूर्णरुपमा ध्वस्त भएकोले काम गर्न सकिने अवस्था छैन।’

प्लान्टले गत वर्ष ३.२ मिलियन टन तेल प्रशोधन गरेको थियो र यसको क्षतिले युक्रेनको रक्षा प्रयासलाई धक्का दिनसक्छ। धेरै मिसाइल माइकोलाइभमा पनि प्रहार भएको आन्तरिक मन्त्रालयका सहायकले बताए।

यसअघि रुसको रक्षा मन्त्रालयले आफ्नो मिसाइलले ओडेसा नजिकै एउटा तेल रिफाइनरी र तीनवटा इन्धन भण्डारण केन्द्रलाई ध्वस्त पारेको बताएको थियो। 

युक्रेनको दक्षिणी अपरेशनल कमाण्डका एक अधिकारी भ्लाडिस्लाभ नाजारोभले टेलिग्राममा महत्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण भएको बताए। तर, कुनै हताहतको जानकारी नपाएको बताए।

ओडेसाका मेयर गेन्नाडी ट्रुखानोभले टेलिभिजनमा स्थिति नियन्त्रणमा रहेको बताए।यद्यपि, नागरिक पूर्वाधारमा क्षति पुगेको उनले बताए।

प्रतिक्रिया