आरआरआरका लागि राम चरण र जुनियर एनटिआरले मात्रै लिए ९० करोड भारु पारिश्रमिक

काठमाडौं– स्टोरी, फायर र वाटरको थिममा देखाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नवौं दिनसम्म पनि राम्रो व्यापार गरिरहेको छ।

एक सातामै ७५० करोड व्यापार गरेको यो फिल्मले दर्शकको मन जितेको छ। बाहुबली निर्देशक एसएस राजामौलीद्वारा निर्देशित फिल्म आरआरआर हाल सर्वाधिक कमाइको रेकर्ड राख्न सफल फिल्मको रूपमा स्थापित भएको छ।

फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय पनि रहेको छ।

४ सय करोडको कुल लगानीमा निर्माण गरिएको बताइएको यस फिल्मले कलाकारहरूका लागि पनि राम्रै लगानी गरिएको देखिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार राम चरण र जुनियर एनटिआरले पारिश्रमिक स्वरूप ४५/४५ करोड भारतीय रुपैयाँ लिएका छन्। 

यता, बलिउड अभिनेता अजय देवगणले २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइन्छ। अभिनेत्री आलिया भट्टले भने यस फिल्मबाट ९ करोड भारतीय रुपैयाँ लिएकी छन्। 

फिल्ममा बलिउड अभिनेता अजय र अभिनेत्री आलिया दुबैको भूमिका २० मिनेटभन्दा कम छ।

प्रतिक्रिया