पुटिन आफ्नै पिंजरामा थुनिएका छन् : बेलायत

काठमाडौं– बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भएको आक्रमणका कारण रुस कमजोर देश बनेको बताएका छन्।

स्काई न्यूजसँग कुरा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि पहिले जत्तिकै शक्तिशाली नरहेको बताए। उनले भने, ‘राष्ट्रपति पुटिन पहिले जत्तिकै शक्तिशाली छैनन्। अहिले उनीहरु आफ्नै पिंजरामा थुनिएका छन्। उनको सेना थकित छ र उसले आफैंले धेरै कष्ट भोगेको छ। रुसको शक्तिशाली सेनाको प्रतिष्ठा खस्किएको छ।’

वालेसले रुसको सेनाले अहिले दक्षिणी र पूर्वी युक्रेनमा ध्यान केन्द्रित गरेको बताए।

उनले भने, ‘हामीले यो पहिले देखेका छौं। यो झन् खराब हुँदै जान्छ। यसमा आवासीय क्षेत्रमा बढी आक्रमण हुने गरेको छ। उनीहरूले युक्रेनलाई जे गरे त्यसको असर उनीहरूले मात्र भोग्नेछैनन्, तर उनीहरूले आफ्नो सेनालाई जे गरे त्यसको परिणाम पनि भोग्नुपर्नेछ।’

उनले अन्तर्राष्ट्रिय सहयोगीहरूले युक्रेनलाई थप सैन्य उपकरण र सहायता उपलब्ध गराउन सहमत भएको पनि बताए। यसमा बख्तरबंद सवारी साधन र लामो दूरीका हतियार र गोलाबारुद समावेश छ।

प्रतिक्रिया