घरबाट ३ सय रुपैयाँ लिएर भागेका यश, यसरी बने सुपरस्टार

भ्वाइलेन्स.... भ्वाइलेन्स..... भ्वाइलेन्स ! आई डोन्ट लाइक इट। आई अवाइड.....बट....... भ्वाइलेन्स लाइक्स् मी।

यो संवाद केजीएफ–२ को हो। यो फिल्म धेरै स्टार र एक्सनका कारण चर्चामा छ। र, योसँगै अभिनेता यश पनि हेडलाइनमा छन्।

यो मूलतः कन्नड फिल्म हो। केजीएफको पहिलो भाग २०१८ मा कन्नड र हिन्दीलगायत धेरै भाषाहरूमा रिलिज भएको थियो, फिल्म पनि हिट भयो। केजीएफ–२ मा सुपरस्टार यशसँगै संजय दत्त, रविना टण्डन र प्रकाश राज मुख्य भूमिकामा छन्।

यशको फिल्मी संसारमा यात्रा पनि फ्ल्याट स्क्रिप्टेड फिल्म होइन। यसमा धेरै ट्विस्टहरू छन्– ड्रामा छ, घरबाट भागेको कथा छ, पछाडिको स्टेजबाट पर्दामा आउने नायकको कथा छ।

‘फिल्म कम्प्यानियन’ लाई दिएको अन्तर्वार्तामा यशले भनेका थिए, ‘जब म यो उद्योगमा नयाँ थिएँ मलाई लाग्थ्यो तपाईं कुन पृष्ठभूमिबाट आउनुभएको हो, कहाँबाट आउँदै हुनुहुन्छ भन्ने फरक पर्दैन। तपाईंलाई आफ्नो काम मनपर्छ वा पर्दैन भन्ने कुरामा भर पर्छ। दर्शकहरू तपाईंसँग जोडिन सक्षम छन् वा छैनन् भन्ने कुरामा भर पर्छ।’

यशको यात्रा नवीनकुमार गौडाको नामबाट सुरु भएको हो। तर ‘बलिउड हंगामा’को र्‍यापिड फायर राउन्डमा तपाईंलाई यस नामले बोलाइन्छ नि भन्ने प्रश्नमा उनी भन्छन्,‘ उनी को हो?’ किनकी धेरैले उनलाई यो नामले चिन्दैनन्।’

फिल्मी यात्रा
द न्यूज मिनेटसँगको अन्तर्वार्तामा यशले आफ्ना बुबा बीएमटीसीमा बस चालक भएको बताएका छन्। र, आफूलाई सरकारी अधिकारी बनोस् भन्ने चाहना रहेको बताएका थिए। तर, यशलाई अर्कै कुरा मन पर्यो। उनी नाटक र नृत्य प्रतियोगितामा भाग लिने गर्दथे र त्यसबेला बज्ने सिट्टीले आफूमा हुर्केका कलाकारलाई उर्जा दिएको उनको भनाइ छ।

यशका अनुसार उनलाई बाल्यकालदेखि नै अभिनेता बन्ने रहर थियो। उनी नाटक र नृत्यमा भाग लिन्थे। उनी दर्शकले हर्षोल्लासका साथ ताली बजाएको र सिट्टी बजाएको देख्न मन पराउँथे। जब दर्शकले त्यसो गरे, उनले आफू नायक भएको महसुस गरे।

अन्तर्वार्तामा उनले घरबाट भागेर हिरो बन्न बैंगलोर आएको तर त्यहाँ पाइला टेक्नेबित्तिकै नर्भस भएको बताए। घरबाट भाग्दा उनको खल्तीमा जम्मा ३ सय रुपैयाँ मात्र थियो। 

संघर्षसँग नडराएको उनी बताउँछन्। बैंगलोरमा उनले थिएटरको साथ ब्याकस्टेज काम गर्न थाले। चलचित्र उद्योगको संघर्ष पनि एकैसाथ चल्यो।

यशले फिल्म उद्योगमा आफ्नो करियर २००८ को कन्नड फिल्म ‘मोगिना मनसु’बाट सुरु गरेका थिए। यस फिल्मका लागि उनले ‘बेस्ट सपोर्टिङ एक्टर’को फिल्मफेयर अवार्ड पनि पाएका थिए। त्यसपछि उनी ‘राजधानी’, ‘गजकेसरी’, ‘मास्टरपिस’ जस्ता फिल्मबाट लोकप्रिय भए।

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनले अभिनेत्री राधिका पण्डितसँग विवाह गरेका हुन्। राधिका र यशले धेरै वर्षको डेटिङपछि विवाह गरेपछि आफूहरू एकअर्काका लागि बनेको महसुस गरेको बताए। दम्पतीका दुई सन्तान छन्।

प्रतिक्रिया