अमेरिका र बेलायतले हाम्रो कामको शैली बुझ्दैनन् : रुस

काठमाडौं– क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरुले युक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ।

पुटिनले फेब्रुअरी २४ देखि युक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त युक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए। पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, ‘यसले न अमेरिकी विदेश मन्त्रालय न त अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भन्नेबारेमा वास्तविक जानकारी छ भन्ने देखिएको छ।’

उनले थपे, ‘उनीहरुले राष्ट्रपति पुटिनलाई बुझ्दैनन्, निर्णय लिने मेहेनत बुझ्दैनन् र हाम्रो कामको शैली पनि बुझ्दैनन्।’

बेलायतको गुप्तचर निकाय (जीसीएचक्यू) का प्रमुख जेरेमी फ्लेमिङले बिहीबार रुसी सेनाको प्रगति र युक्रेनी प्रतिरोधको अवस्थाबारे ‘पुटिनका सल्लाहकारहरू उनलाई सत्य बताउन डराउने गरेको’ बताएका थिए। ह्वाइट हाउसले यसअघि रूसले गुप्तचर निकायले पुटिनलाई तहगत जानकारी नदिएको र उनीहरूसँग पुटिनको सम्बन्ध बिग्रिएको दावी गरेको थियो।

पुटिनले रूसी सेनाको कारबाहीबाट बहकिएको महसुस गरेको ह्वाइट हाउस सञ्चार निर्देशक केट बेडिङफिल्डले बताएका थिए। दाबीहरूबारे स्वतन्त्र रूपमा कुनै पुष्टि गर्न अमेरिकाले नसकेको मस्कोका अधिकारीहरूले बताएका छन्। पेस्कोभले भने, ‘त्यस्ता दाबीहरू ‘दुःखको कुरामात्र होइनन्। यसले चिन्ता उत्पन्न गर्छ किनभने त्यस्तो अपूर्ण बुझाइले गलत निर्णयहरूतर्फ डोर्‍याउँछ।’

हतारमा निर्णयहरू गर्दा यसले धेरै खराब परिणामहरू ल्याउनसक्न पेस्कोभको भनाइ रहेको छ।

प्रतिक्रिया