कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई सर्वोच्च अदालत प्रवेशमा प्रहरीले रोक्ने क्रममा झडप भएको छ ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर झडपको स्थिति सृजना भएको थियो । प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानुन व्यवसायी घाइते भएका छन् ।

बिहीबार सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीसँग विवाद भएको थियो ।

कानुन व्यवसायीको आन्दोलनका कारण प्रधानन्याधीश राणा मूल गेटबाट नभइ महान्यायाधिवक्ताको कार्यालय तर्फको वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् । सर्वोच्च परिसरमा दैनिकरुपमा कानुन व्यवसायीले प्रदर्शन गर्न सर्वोच्चमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 

प्रतिक्रिया