युक्रेनमा अर्का रुसी सेनाका लेफ्टिनेन्ट जनरल मारिएको दाबी

काठमाडौं– युक्रेनी रक्षा मन्त्रालयले लडाइँमा अर्का रुसी अधिकारीको मृत्यु भएको दाबी गरेको छ।

रुसी सेनाका लेफ्टिनेन्ट जनरल याकोभ रेजान्त्सेभ खेरसनमा भएको आक्रमणमा मारिएको मन्त्रालयले जनाएको हो।

लेफ्टिनेन्ट जनरल याकोभ रुसको ४९ औं संयुक्त सेनाका कमाण्डर थिए। एक पश्चिमी अधिकारीका अनुसार याकोभ युक्रेनमा मृत्यु हुने सातौं जनरल र दोस्रो लेफ्टिनेन्ट जनरल हुन्।

रुसी सैनिकहरूमा मनोबलको कमीका कारण वरिष्ठ अधिकारीहरू अग्रपंक्तिमा पुग्ने गरेको बताइएको छ।

रुसले युक्रेनमा लडाइँ सुरु भएदेखि हालसम्म १३५१ सैनिक मारिएको दाबी गरेको छ भने किएभ र पश्चिमी अधिकारीहरूले वास्तविक संख्या धेरै बढी रहेको दाबी गरेका छन्।

प्रतिक्रिया