युक्रेनको ल्भिभ शहरमा मिसाइल आक्रमण, पाँच जना घाइते

काठमाडौं– रुसीले युक्रेनको सबैभन्दा बढी पश्चिमा समर्थित शहर ल्भिभमा मिसाइल आक्रमण गरेको छ। पोल्याण्डको सीमाबाट ४० दुरीमा रहेको शहरमा शनिबार रुसले आक्रमण गरेको हो।

यस क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसी मिसाइल आक्रमणले इन्धन स्टोर र कारखानामा क्षति पुगेको बताएका छन्। आक्रमणमा हालसम्म पाँच जना घाइते भएको युक्रेनी अधिकारीहरुले बताएका छन्।

यो सहर देशका अन्य भागहरूबाट आएका सयौं शरणार्थीहरूको लागि केन्द्र बनेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले पोल्याण्डको वार्सामा सम्बोधन गरिरहेको समयमा यो आक्रमण भएको हो। 

रुसले तीनवटा मिसाइल आक्रमण गरेको थियो। एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको थियो। सम्बोधनको क्रममा वाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘वधिक’को संज्ञा दिँदै शक्तिमा रहन नहुने बताएका छन्। 

‘दमनकारी, हत्यारा, तानाशाह र आफ्नै लगायत धेरै देशहरूमा युद्ध अपराध गरेको व्यक्तिको नेतृत्वमा छ,’ उनले भने,‘ यस्तो शासन परिवर्तन भन्दा अरू केको आशा राख्नु ररु भगवानका खातिर, यो मानिस सत्तामा रहिरहन हुँदैन।’

उनको यो भनाइमा क्रेमलिनबाट पनि प्रतिक्रिया आएको छ। क्रेमलिनका प्रवक्ताले भने, ‘ पुटिन सत्तामा रहने या नरहने निर्णय वाइडेनले लिने बिषय होइन। रुसी जनताले पुटिनलाई चुनेका हुन्। उनलाई सत्तामा राख्ने या नराख्ने रुसी जनताले नै निर्णय गर्ने छन्।

तर, ह्वाइट हाउसले वाइडेनले रुसमा शक्ति परिवर्तनको बारेमा कुरा नगरेको जिकीर गरेको छ। मेयर एन्ड्री साडोभीले ल्भिभमा भएको आक्रमण अमेरिकी राष्ट्रपति जो वाइडेनका लागि रुसी सन्देश रहेको बताएका छन्। 

‘मलाई लाग्छ आजको आक्रमण आक्रमणकारी (रुस)ले राष्ट्रपति वाइडेनलाई पठाएको सन्देश हुन सक्छ, जो अहिले पोल्याण्डमा छन्।,’ उनले भने,‘मलाई लाग्छ पूरा विश्वले थाहा पाइसक्यो होला कि जोखिम कति गम्भीर छ।’

प्रतिक्रिया