राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशीको ‘भवन प्राइज’ पुरस्कार 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा एक करोड राशीको ‘भवन प्राइज’ पुरस्कार प्रदान गरिने भएको छ । 
नेपालको विकासमा वैज्ञानिक एवम् सामाजिक अभियन्ता पुन र आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप एक करोड रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने भएको हो । 

बीबी फाउन्डेसनका अध्यक्ष तथा गैरआवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले शनिबार १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।

गैरआवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बीबी फाउण्डेसनले नेपाल र नेपालीको लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली तथा संस्थालाई संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेसनले जनाएको छ।

भट्टले नेपाल र बाहिर पनि देश विकासको लागि धेरै मानिस काम गरिरहेका बताउँदै समाज परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक ऊर्जालाई जोड्न यस पुरस्कारले भूमिका खेल्ने बताए।
 

प्रतिक्रिया