पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

तनहुँ । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथि करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख धरौटी माग गरेको छ ।

प्रतिक्रिया