पार्टीहरुलाई चुनावी चन्दा दिएर ९० करोड पचाउने दाउ

 काठमाडौं । नेपालका तीन वटा क्यासिनोले प्रमुख राजनीतिक दलहरुलाई चुनावी चन्दा दिएर करोडौं रकम राजश्व पचाउने प्रयाश गरिरहेका छन्। क्यासिनो सञ्चालन गरेवापत नियमित रुपले तिर्नुपर्ने रोयल्टीको रकम सकेसम्म नतिर्ने र तिर्नै परे अत्यन्त कम तिर्न ती क्यासिनोले शक्ति केन्द्रहरुमा राजनीतिक बिचौलिया मार्फत दवाव दिईरहेको पर्यटन मन्त्रालय सूत्रले बताएको छ।  रोयल्टी तिर्न बाँकी रहेका तीन क्यासिनालाई पाँच दिनभित्र बक्यौता बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताकेता गरेको छ।

 

Cashino

क्यासिनो सञ्चालकले बिचौलिया प्रयोग गरेर रोयल्टी छल्ने र त्यसवापत केही रकम चुनाव खर्च दिनेगरी सत्तारुढ दल र विपक्षी दलको शीर्ष नेतालाई प्रस्ताव पठाएको मन्त्रालय सूत्रले बताएको छ। देशका विभिन्न स्थानीय बजारमा होटल र क्यासिनो समेत सञ्चालन गरिरहेका नेताहरुले यसको समन्वय गरिरहेको बुझिएको छ।

मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी पाँच दिनभित्र बक्यौता रकम बुझाउन तोकेता गरेको हो। रक इन्टरनेशनल, ह्पाप्पी आवर र ओरियन्टल होटल्सले रोयल्टी र नविकरण वापतको रकम बुझाउन बाँकी छ।

ती तीनवटा क्यासिनोका नाममा ९० करोड ५५ लाख ७६ हजार रोयल्टी उठाउन बाँकी रहेको मन्त्रालयले जनएको छ। पाँच दिनभित्र अर्थात यही चैत १४ भित्र बक्यौता रकम नबुझाए कारबाहीको चेतावनी दिएको छ।

प्रतिक्रिया