इमरान: ‘फुटपाथ’ बाट बनेका नायक अब १०५ करोडको मालिक

काठमाडौं– बलिउड अभिनेता इमरान हाशमी आजबाट ४३ वर्ष लागेका छन्। इमरानको जन्म २४ मार्च १९७९ मा मुम्बईमा भएको थियो। इमरानले फिल्म ‘राज’ बाट सहायक निर्देशकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए। इमरान १०५ करोड भारुको सम्पत्तिका मालिक हुन्। उनले एउटा फिल्मको करिब ५ देखि ६ करोड भारु पारिश्रमिक लिने गरेका छन्।

यतिको लोभलाग्दो प्रगतिमा उनीसँगै उनको बलिउड पृष्ठभूमि पनि जोडिन्छ। उनका बुबा सैयद अन्वर हाशमी एक व्यापारी हुन्, जसले सन् १९६८ मा रिलिज भएको फिल्म ‘बहार की मंजिल’ मा पनि अभिनय गरेका थिए। उनकी आमा माहेरा हाशमी गृहिणी थिइन्। 

इमरान सन् १९४० को दशककी चर्चित अभिनेत्री मेहर बानो मोहम्मद अलीका नाति हुन्। मेहरलाई उनको स्क्रिन नाम पूर्णिमाले बढी चिनिन्छ। उनले पहिले पत्रकार सैयद शौकत हाशमीसँग विवाह गरिन्। त्यसपछि छोरा अनवर हाशमीको जन्म भयो। 

भारतको विभाजन पछि शौकत पाकिस्तान गए र १९५४ मा मेहरले निर्माता तथा निर्देशक भगवान दास वर्मासँग दोस्रो विवाह गरे। भगवान दासले अन्वरलाई छोराको रूपमा स्वीकार गरे। त्यसपछि अन्वरले माहेरा हाशमीसँग विवाह गरे र इमरानको जन्म भयो। उनकी हजुरआमा मेहर निर्माता महेश भट्ट, मुकेश भट्टको आमा तथा शिरिन मोहम्मद अलीकी बहिनी थिइन्।

निर्देशक मोहित सुरी र इमरान काका भतिज हुन्। वास्तवमा मोहितकी आमा निर्देशक महेश भट्टकी कान्छी बहिनी हुन्। इमरान महेश भट्टको पहिलो कजिन बहिनीको छोरा हुन् र मोहित आफ्नै बहिनीको छोरा हुन् र त्यस्तै आलिया भट्ट, पूजा भट्ट, इमरान र मोहित सुरी कजिन हुन्।

पर्दामा रोमान्स
जब इमरानलाई करण जोहरको शो ‘कफी विथ करण’ मा उनको सबैभन्दा राम्रो र खराब अनस्क्रिन किसको बारेमा सोधिएको थियो, तब उनले जवाफ दिए, ‘मर्डर २ मा मसँग सबैभन्दा राम्रो को–स्टार ज्याकलिन फर्नान्डिज थिइन् भने मर्डरमा मल्लिका शेरावतसँगको चुम्बन।’

उनका सबै चलचित्रका गीत सँधै सफल भएका छन् र रिलिज हुनुअघि नै फिल्मको बजेटको आधा कमाइ गरेको रेकर्ड पनि छ।

इमरानले एक कार्यक्रममा आफू बाल्यकालदेखि नै बलिउड फिल्मको काम हेर्ने गरेको बताएका थिए। बलिउडमा आएपछि उनले धेरै फिल्म हेरेका छैनन्। हिन्दी फिल्म नहेर्दा आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ छ।

व्यक्तिगत जीवन
बलिउड इन्डस्ट्रीमा आएपछि उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्थे। उनको कुनै पनि अभिनेत्रीसँग अफेयर थिएन। इमरानले करिब ७ वर्ष डेटिङ गरेपछि सन् २००६ मा आफ्नी कलेज गर्लफ्रेन्ड परवीन साहनीसँग विवाह गरेका थिए। यो जोडीको एक छोरा अयान हाशमी छ, जसको जन्म सन् २०१० मा भएको थियो। 

अयानलाई सन् २०१४ मा पहिलो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि पाँच वर्षको उपचारपछि डाक्टरहरूले उनलाई २०१९ मा क्यान्सरमुक्त घोषणा गरेका थिए।

इमरानले आफ्नो छोराको क्यान्सरसँगको लडाइमा ‘द किस अफ लाइफ’ नामक पुस्तक पनि लेखेका छन्।

एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो प्रत्येक फिल्ममा चुम्बन दृश्यका लागि आफ्नी श्रीमतीलाई ह्यान्डब्याग दिने बताएका थिए। परवीनको पुरै वार्डरोब ह्यान्डब्यागले भरिएको छ।

करिअर
इमरानले सन् २००१ मा फिल्म ‘ये जिंदगीका सफर’को लागि अडिसन दिए, जसमा निर्माताहरूले  भूमिकाका लागि उपयुक्त नभएको भन्दै उनलाई लिन अस्वीकार गरे।   त्यसपछि उनले विक्रम भट्टको फिल्म ‘राज’मा सहायक निर्देशकको रूपमा काम गरे। त्यसपछि उनले यो काम गर्न नसक्ने महसुस गरे। 

आफ्नी हजुरआमाको सहयोगमा उनले २००४ मा रिलिज भएको विक्रम भट्टको फिल्म ‘फुटपाथ’ बाट बलिउडमा डेब्यू गरे। ‘मर्डर’, ‘जेहेर’, ‘कलयुग’, ‘आशिक बनाया अपना’, ‘ग्याङस्टर’ जस्ता सफल फिल्ममा काम गरेर उनले आफूलाई बलिउड इन्डस्ट्रीमा अग्रणी कलाकारको रुपमा प्रमाणित गरे।

जब उनलाई रिल र वास्तविक जीवनको बारेमा सोधिएको थियो, उनले भनेका थिए, ‘मैले कहिल्यै कसैको प्रेमिकालाई किस गरेको छैन। व्यक्तिगत र रिल लाइफमा मेरो फरक विचारधारा छ। फिल्म स्क्रिप्टमा आधारित हुन्छ, हामी त्यही अनुसारको चरित्र निर्वाह गर्छौं।’

फिल्म ‘साङ्घाई’ मा इमरानको अभिनय देखेपछि उनलाई हलिउड फिल्म ‘टाइगर’ मा कास्ट गरिएको थियो। फिल्मलाई ओस्कार विजेता निर्देशक डेनिश टेन्भिकले निर्देशन गरेका थिए। अधिकारको विवादका कारण यो फिल्म थिएटरमा रिलिज हुन सकेको थिएन। त्यसपछि ४ वर्षपछि २०१८ मा ओटीटी प्लेटफर्म ‘जी५’  मा रिलिज गरिएको थियो।

प्रतिक्रिया