रोटरीको डाईलासिस उपकरण तालिम सम्पन्न 

बिर्तामोड। रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र मनमोहन सामुदायिक अस्पतालले सयुक्त रुपमा आयोजना गरेको डाईलासिस उपकरणको संचालन तालिम बिर्तामोडमा भएकोछ । 

तीन दिवसिय तालिममा डाईलासिस उपकरणको संचालन, संरक्षण  र रोगिको प्रकार अनुसार उपकरणको प्रयोग सम्बन्धि तालिम दिएको थियो ।  पंकज लम्साल मुख्य प्रशिक्षक रहेको सो तालिममा ३० जना स्वास्थ परिचारिकाले भाग लिएका थिए।

Santosh 1मुख्य प्रशिक्षक लम्सालले बिर्तामोडस्थित रोटरी क्लब अफ बिर्तामोड मिडटाउन डाईलासिस सेन्टर राजधानी बाहिर तथा झापाकै आधुनिक एवं उत्कृष्ट डाईलासिस सेन्टर रहेको बताए। सो डाईलासिस सेन्टरले अहिले दुइहजा पाँचसय रुपैंयाँमा औषधि सहितको सेवा उपलब्ध गराउँदै आएको छ। 

निम्न आय भएका व्यक्तिहरुका लागि रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सहकार्यमा निशुल्क सेवा पनि  दिँदै आएको र केही दिनमै स्वास्थ्य मन्त्रालयबाट अनुदानको प्रक्रिया अन्तिम चरणमा रहेको बताईएको छ। त्यसपछि सेवाग्राहीले सो सेवा पूर्ण रूपमा निशुल्क पाउने रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष्य सन्तोष अग्रवालले बताए।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउन डाईलासिस सेन्टरकि मुख्य प्रवक्ता शुभ कुमाई पाठकका अनुसार बदलिँदो प्रविधिको आवश्यकता अनुसार आगामी दिनमा पनि त्यस प्रकारका तालिमहरु संचालनमा आउनेछन्। सो कार्यक्रमको अध्यक्षता मनमोहन समुदायक अस्पतालका अध्यक्ष नरेश खरेलले गरेका थिए।

प्रतिक्रिया