२ महिनाकी छोरीको हत्या गरेर माइक्रो ओभनमा राख्ने आमा पक्राउ

दिल्ली, एजेन्सी। तपाई हामीले प्रायः सुन्ने गरेका छौं– छोरा जन्माउने होडमा मानिसहरू थुप्रै छोरी जन्माउँछन्। तर, पहिलो सन्तान नै छोरा भइसकेको अवस्थामा छोरीको जन्मलाई धेरैले घरमा ‘लक्ष्मीको बास’ मान्ने गर्छन। तर, भारतको राजधानी नयाँ दिल्लीको मालवीय नगरमा बसोबास गर्ने कौसिक परिवार यतिबेला बिछिप्त छ। किनभने यस घरमा आमाले नै दोस्रो सन्तानको रुपमा जन्मिएकी छोरीको विभत्स हत्या गरेकी छिन्।

प्रहरीका अनुसार मृतक बालिकाको नाम अनन्या कौसिक थियो। आमाले उनको घाँटी दबाएर पहिले हत्या गरिन् र पछि माइक्रोवेभ ओभनमा लुकाएर राखिन्। परिवारले बालिका हराएको सूचना प्रहरीलाई दिएपछि घरको खानतलासी गर्ने क्रममा अनन्याको मृत शरीर ओभनमा भेटिएको बताइएको छ।  

दुई घण्टाभित्रै प्रहरीले ओभनमा लास भेटेको थियो। प्रहरीले अनन्याको शरीरलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। आमा डिम्पल कौसिकलाई सोधपुछका लागि पक्राउ गरिएको छ। दिल्लीको दक्षिणी जिल्लाका डिसीपी मेरी जेकरका अनुसार मृतक बालिकाको परिवारका अन्य सदस्यसँग पनि सोधपुछ भइरहेको छ। सोधपुछकै क्रममा दोस्रो बच्चा छोरी भएका कारण आमा असन्तुष्ट रहेको थाहा भएको थियो।

प्रहरीका अनुसार डिम्पलको दुइ वटा सन्तान थिए। पहिलो छोरा ४ वर्षका छन्। प्रारम्भिक रिपोर्टमा सोमबार दिउँसो ३ बजे डिम्पलले आफ्नै छोरीको घाँटी निमोठेकी थिइन। यसपछि उनले घरको दोस्रो तल्लामा बिग्रिएको ओभनमा बालिकालाई लुकाएकी थिइन।

कौसिक परिवारको किराना पसल छ।

छोरीको हत्यापछि उनले आफ्नो ४ वर्षीय छोरालाई कोठा बन्द गरेर कुट्न थालेको र श्रीमान तथा देवरले मिलेर छुटाएको बताइन्छ। उनले कोठामा आफू बेहोस भएको नाटक पनि गरेकी थिइन। परिवारले तुरुन्त उनलाई अस्पताल पुर्याएको थियो।

केही छिनपछि नै परिवारले छोरीको खोजी गरेको थियो। तर, कतै नभेटिएपछि प्रहरीलाई खबर गरेको थियो।

प्रतिक्रिया