‘स्पाइडर म्यान: नो वे होम’ को ट्रेलर आयो 

काठमाडौं । स्पाइडर म्यान श्रृंखलाको पछिल्लो हलिउड चलचित्र ‘स्पाइडर म्यान: नो वे होम’को ट्रेलर सार्वजनिक भएको छ ।

निकै प्रतिक्षा गरिएको यो चलचित्रमा यसपाली स्पाइडर म्यानको भिडन्त धेरै शत्रुहरुसँग हुँदैछ । धेरै खलनायकहरु एकढिक्का भएर स्पाइडर म्यानलाई मार्न चाहन्छन्, ताकि उनीहरु मानव जातीलाई नै नष्ट गर्न सकुन् । 

यसपटक पुनः स्पाइडर म्यानको भूमिकामा टम हलेन्ड सशक्त रुपमा प्रस्तुत हुँदैछन् । मार्वल सिनेम्याटिक युनिभर्सका अन्य चलचित्र झैं यसमा पनि गज्जबको एक्शन दृश्य हेर्न पाइनेछ । 

रिलिज हुन नपाउँदै ट्रेलर हिट भएको छ । यो चलचित्रमा टम हल्याण्डसहित जेनडाया, बेनेडिक्ट कम्बरब्याक, जोन फयार्वयू, ज्याक ब्याटलन र म्यारिसा टमी मुख्य भूमिकामा छन् । भारतमा यो चलचित्र अंग्रेजी, हिन्दी, तमिल र तेलगु भाषामा रिलिज हुँदैछ । 

यही डिसेम्बर १७ मा क्रिसमसका अवसरमा यो चलचित्र नेपालगायत विश्वभरीका हलहरुमा प्रदर्शन हुँदैछ । 


 

प्रतिक्रिया