चीनमा कोरोना संक्रमणबाट दुईको निधन

बेइजिङ, एजेन्सी - शुन्य कोभिड अभियानमा हिँडेको चीनमा सन् २०२१ को जनवरीपछि कोरोनाबाट पहिलो व्यक्तिको निधन भएको छ। चीनमा ओमिक्रोन भेरियन्टले तीब्र काम गरेको चीनको राष्ट्रिय स्वास्थ्य विभागले बताएको छ।

चीनको जिलिन शहरमा शुक्रबार दुई जनाको निधन भएको थियो। अन्तर्राष्ट्रिय न्युज एजेन्सी एएफपीका अनुसार विश्वभरी कोरोनाको औसत संक्रमण १२ प्रतिशतले बढेको छ। अर्थात कोरोनाको नयाँ संक्रमण बढेर १८ लाख पुगेको छ। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले पनि शुक्रबार विज्ञप्ती जारी गर्दै महामारी समाप्त हुन अझै समय लाग्ने छ।

यसै साता फ्रान्समा ३५ प्रतिशत संक्रमित बढेका छन्। इटाली र बेलायतमा ४२ प्रतिशत बृद्धि भएको छ। बेलायतको स्वास्थ्य संस्थाले शुक्रबार कोरोनाको जानकारी दिँदै बढ्न थालेको बताएको छ। कोरोनाको बढ्दो असरलाई मनन् गर्दै क्यानडाले बुस्टर डोज प्रयोग गर्न आफ्नो जनतालाई आब्हान गरेको छ। चीनले पनि कोरोना रोकथामका लागि केही शहरमा लकडाउनको घोषणा गरेको छ।  
 

प्रतिक्रिया