तीन डीआईजी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि  सिफारिस गरेको छ ।

मंगलबार गृह सचिव टेकनारायण पाण्डेको  अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र  धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 
AIG-promotion-2078-12-01-1

प्रतिक्रिया