विद्यालयको जग्गा हडपेर गैरकानूनी लाभ लिने २० जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सार्वजनिक जग्गा हडपेको आरोपमा २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर २० मध्ये १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

जग्गा भोगचलन भएको करिब २७ वर्षपछि सोमबार विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरीविरुद्ध आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डरीले जानकारी दिए । उनका अनुसार अख्यितार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र जग्गा लिने समेतलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएका तीन जनाको भने मृत्यु भइसकेको छ । अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो ।

M1gUrk-1

M1gUrk-2

प्रतिक्रिया