‘दृश्य टिभी’ मा स्वागतम् 

समाचार माध्यमहरुको बजारमा दृश्य टिभी आजबाट तपाईंहरुमाझ आएको छ । फरक शैलीका दृश्य सामग्री, आकर्षक तस्बीर र अर्थपूर्ण पठनीय सामग्री आजका पाठकका अभिरुचीका बिषय हुन् भन्ने महसुश गरेर हामीले दृश्य टिभी डट कमकोे प्रशारण थालेका हौं । पाठकहरुको तीन पुस्ताले रुचाउने अनेक आयामका उपयोगी सूचनामूलक सामग्री पस्कनु हाम्रो कर्तव्य हुने छ । विश्वसनीय, तथ्यपरक र वस्तुपरक सूचना सामग्रीको  भिडियो, तस्बीर र समाचार सामग्री एउटै माध्यममा उपलव्ध हुँदा यस्तो सुविधाको खोज गरिरहेका तमाम पाठकका लागि दृश्य टिभी एकमात्र भरपर्दो विकल्प हुने हाम्रो विश्वास रहेको छ ।

हाम्रो टिम लोकतन्त्र र विधिको शासनमा विश्वास गर्दछ । जनताको अधिकारको प्रवध्र्दन, रक्षा र हितमा काम गर्नु आफ्नो कर्तव्य ठान्दछ । जनतासँग सिधा सम्बन्ध नभएको पत्रकारिता रहर मात्र हो । हामी जनताको सेरोफेरोबाट समाचार सामग्री खोज्ने छौं र जनताकै सामु प्रस्तुत गर्नेछौं ।

छापा माध्यमबाट पत्रकारिता सुरु गरेर साढे तीनदशक लामो अनुभव सँगालेको छरितो टिम हाम्रो सम्पादकीय शक्ति हो । दलीय प्रभावबाट अलग रहेर स्वतन्त्र ढंगले समाचार लेख्नसक्ने खुबी यो टिमसँग छ । स्वतन्त्र रहेर तथ्यपरक, वस्तुपरक र खोजमूलक समाचार सामग्री पस्कन सके पाठक वर्गमाथि न्याय हुनसक्छ भन्ने विश्वासका साथ हामी क्रियाशील छौं । 

यहाँहरुको स्नेह, आलोचनात्मक सुझाव र मार्गदर्शन हाम्रो प्रेरणाको स्रोत हुने छ । हामी प्रकाशमा आईसकेका छौं, यहाँहरुले आलोचनात्मक दृष्टिले हाम्रो कामको मूल्यांकन गरिदिनु हुने नै छ । 
दृश्य टिभी डट कममा यहाँहरुलाई हार्दिक स्वागत । 

अध्यक्ष
उपासना मिडिया ग्रूप

 

प्रतिक्रिया