अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट्ने कार्यक्रम छ । सहायकमन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


 

प्रतिक्रिया