भारतमा सबैभन्दा बढी विद्यार्थी नेपाली

काठमाडौं। छिमेकी भारतमा सबैभन्दा बढी नेपाली विद्यार्थीअध्ययनरत रहेको एउटा तथ्यांकले बताएको छ। भारतमा हालै भएको एउटा सर्भेमा भारतमा छिमेकी देशका ६० प्रतिशत विद्यार्थी अध्ययनरत रहेको र यसमा सबैभन्दा बढी नेपालीहरू भएको उजागर भएको हो। 

हाल भारतमा १३ हजार ८ सय ८० नेपाली विद्यार्थी अध्ययनरत छन्, जुन विदेशबाट भारतमा पढ्न जाने एउटै देशको सबैभन्दा बढी विद्यार्थीको संख्या हो। नेपालपछि दोस्रो स्थानमा अफगानिस्तान रहेको छ। अफगानिस्तानबाट ४ हजार ५ सय ४ विधार्थी भारतमा अध्ययनरत छन्। 

यस्तै, तेस्रो नम्बरमा बंगलादेश छ। यहाँबाट २ हजार २ सय ५९ विद्यार्थी भारतमा पढिरहेका छन्। भुटान चौथो नम्बरमा पर्छ। यहाँबाट पनि १ हजार ८ सय ५१ जना अध्ययनरत छन्। दक्षिण एसियाका यी देशबाहेक सुडानबाट पनि १७ सय ५८ विद्यार्थी अध्ययनका लागि भारत पुगेका छन्। यो सूचीमा अमेरिका छैटौं नम्बरमा पर्छ। अमेरिकाबाट पनि १६ सय २७ विद्यार्थी अध्ययनरत छन्। 

सातौं नम्बरमा नाइजेरिया (१५२५), आठौमा यमन (१४३७), नवौंमा मलेसिया (१३५३) र दशौंमा युनाईटेड अरब इमिरेट्स (युएई) १३४७ रहेको छ।

प्रतिक्रिया