अमेरिकाका लागि नवनियुक्त राजदूत खत्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   

 राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् । त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । 
 

प्रतिक्रिया