युट्युब च्यानलमार्फत पीडितको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत पीडितको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सेलेब नेपाल नामको युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा गुल्मीका २१ वर्षीय राहुल थापालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।

उनलाई आइतबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहको ब्युरोले जनाएको छ । 

प्रतिक्रिया