संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक विद्यार्थी पक्राउ

काठमाडौँ । संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार संसद भवन अगाडि त्रास फैलाउने उद्देश्यले प्रेसर कुकर राखेको आरोपमा काभ्रेका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार महतलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो । उनी अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया