स्थानीय तह निर्वाचनमा ९२ जना जिल्ला न्यायाधीश खटाउने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ९२ जिल्ला न्यायाधीश र न्याय समूहका १७९ कर्मचारीलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।

त्यस्तै कानुन समूहका ४९ र सरकारी वकिल समूहका १४७ उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा खटाउने तयारी आयोगले गरेको हो ।

त्यस्तै न्यायसेवाबाट नपुग्ने भएपछि आयोगले ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ । आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् । 
 

प्रतिक्रिया