हामी एमसीसीको पक्षमाः महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताएका हुन् । उनले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत आएको सहयोग अनुदानको रुपमा आएको बताए ।

अध्यक्ष ठाकुरले यो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरेका छन् । अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पूरा गरेकाले मात्रै अनुदान पाएको बताए । उनले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गरे ।

प्रतिक्रिया